बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री

झापा। बिर्तामोडस्थित कृषि थोक बजारबाट एक महिनाको अवधिमा रु एक करोड पाँच लाख ९० हजार ८०० को केरा बिक्री भएको छ । इलामको दानाबारी, महमाई र झापाको खुदुनाबारी, शनिश्चरे, मेचीनगर, भद्रपुरलगायत स्थानबाट केरा बिक्रीका लागि किसान यहाँ आउछन् ।
दसैँ, तिहार र छठ पर्वको अवसरमा १९ हजार २५६ घरी केरा औसतमा प्रतिघरी रु ५५० का दरले बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक अधिकृत माया राजवंशीले जानकारी दिए । उनले गत असोज १० गतेदेखि कात्तिक १२ गतेसम्ममा सो मात्रामा केरा बिक्री भएको बताए ।
उनका अनुसार यहाँबाट विराटनगर, जनकपुर, काठमाडौँलगायत स्थानमा न्यूनतम रु ३०० देखि अधिकतम रु ८०० सम्ममा मालभोक, भण्डारी, जाहजी र चिनीचम्पा केरा जाने गरेको छ । उहाँले दसैँ र तिहारमा भन्दा बढी छठपर्वमा केरा बिक्री भएको बताए ।
यहाँ ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको उक्त थोक बजारमा ताप्लेजुङ, पाँचथर, इलामलगायत पहाडी जिल्लामा उत्पादित कृषिजन्य वस्तुको विषादी मापन गर्ने प्रयोगशाला पनि छ । तथ्याङ्क सहायक अधिकृत राजवंशीले यहाँ आएका फलफूल, तरकारीलगायत कृषिजन्य वस्तुको विषादी चेकजाँचपछि मात्र खानयोग्यलाई बजार पठाउने गरिएको जानकारी दिए।















अफगानिस्तानमा घरको छत खस्दा पाँच जनाको मृत्यु, दुई घाइते
थापाथली क्षेत्रका ४० प्रतिशत घरटहरा हटाइयो
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
गाजा संकट गहिरिँदै: मृतक संख्या बढ्दो
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
प्रतिक्रिया