माओवादी र एकीकृत समाजवादीको एकता कात्तिक २० गते

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता घोषणा हुने भएको छ।
आइतबार बसेको माओवादी केन्द्रको सचिवालय बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठक सोही दिन बस्ने र त्यसपछि औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी पूरा भएको जानकारी दिए।
उनकाअनुसार माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा हुँदैछ ।
उनीहरूबीच नीति तथा नेतृत्वका विषयमा सहमति भइसकेको छ । नयाँ पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्ने सहमति भएको छ भने राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राख्ने तय भएकाे छ ।








आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया