आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
मेरोन्यूज
२०८२ कार्तिक १९ गते ९:४५

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेत्री रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दैछिन्। नेकपा माओवादी केन्द्रसहितका वाम घटकसँगको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेकी झाँक्रीसहितका नेताको समूहले बुधबार बिहान पत्रकार सम्मेलन गर्न लागेको हो।
यो समूहले बिहान १० बजे काठमाडौंको बसेरा होटलमा पत्रकार सम्मेलन गर्न लागेकी हुन्। पत्रकार सम्मेलनबारे जानकारी दिँदै झाँक्रीले भनेकी छन्, ‘हाम्रो विचार सुन्न र बहसमा सहभागी हुनका लागि आदरणीय पत्रकार साथीहरू तथा सम्पूर्ण परिवर्तनकामी क्रान्तिकारी साथीहरूलाई उपस्थित हुन हार्दिक अनुरोध गर्दछौं।’
पत्रकार सम्मेलनमा झाँक्री लगायतले एमालेमा फर्कने घोषणा गर्दै छन् । आजै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ९ वटा पार्टी मिलेर ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गर्दैछन् ।
सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया