फिलिपिन्समा कलमेगी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ६६ पुग्यो

आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।
ओसीडीका उप प्रशासक राफेलिटो अलेजान्ड्रोले सबै भन्दा बढी प्रभावित सेबु प्रान्तमा चक्रवातका कारण ४९ जनाको मृत्यु भएको मिडियालाई बताएका छन् ।
उनका अनुसार आँधीका कारण कम्तीमा १० जना घाइते भएका छन् भने ७ लाख ६ हजार भन्दा बढी मानिसहरु प्रभावित भएका छन् ।
बुधबार सम्म, फिलिपिन्सकोे मौसम विज्ञान विभागले कलमेगी केन्द्र एल निडो, पलावनमा २५ किलोमिटर प्रति घण्टाको गतिमा पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै १२० किलोमिटर प्रति घण्टाको अधिकतम हावा र १६५ किलोमिटर प्रति घण्टा हावाको साथ आएको जनाएको छ ।
विभागका अनुसार कलमेगी यस वर्ष फिलिपिन्स द्वीपसमूहमा प्रहार गर्ने २० औँ चक्रवात हो ।
प्रशान्त चक्रवात क्षेत्रमा अवस्थित फिलिपिन्सले प्रत्येक वर्ष औसत २० वटा चत्रदवातको सामना गर्ने गरेको जनाइएको छ ।
















इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड
धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो
पाकिस्तानमा महँगीको असर गहिरिँदै, अप्रिलमा मुद्रास्फीति उच्च
सडक सुरक्षा प्रणाली सुधार्ने सरकारको प्रतिबद्धता
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
ओमानसँग नेपाल १०२ रनले पराजित
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
प्रतिक्रिया