जेनजी आन्दोलनलाई संस्थागत नगरे यो बिलाएर जाने छ : बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र आवाज रहेको बताउँदै यसलाई वर्तमान सरकारले संस्थागत गर्नुपर्नेमा जोड दिए ।
“यो रुपान्तरीत आन्दोलनलाई संस्थागत गर्न औपचारिक रूपमा सरकारसँग लिखित सम्झौता गर्ने तर्फ जोड दिनुहोस्”, उनले भने, “संस्थागत गर्नुभएन भने यो ऐतिहासिक आन्दोलन विलाएर जाने खतरा छ ।”
साथै उनले जेनजीका विभिन्न प्रश्नको जवाफ दिएका थिए । पहिलो चरणको संविधान लेखन विफल भएको र दोस्रो चरणका संविधान लेखनमा आफ्नो पार्टीको शक्ति कमजोर भएकाले संविधान अपुरो भएको उनको भनाइ थियो । उनले भने, “अब यो अपुरो संविधानलाई पुरा गर्ने काम जेनजीको हो ।”
पार्टीका संयोजक दुर्गा सोबले विगतमा पार्टीले समाज सुहाउँदो मुद्दामा विचार विमर्श गर्दै आएको बताउँदै अब जेनजी आन्दोलनले देखाएको रुपान्तरणकारी मार्गमासमेत सहकार्य गरेर वैकल्पिक राजनीतिक शक्तिको रूपमा देखापर्ने बताए ।
कार्यक्रममा सान्तेन राई, प्रभात लाभ, अर्णव चौधरी, विकास रसाइली, अमित खनाल ऊर्जा, प्रदिप पाण्डे, माजिद अन्सारीलगायतका जेनजी समूहका अगुवाले आफ्ना धारणा राखेका थिए ।
















विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया