टर्कीमा फुटबलमा म्याच फिक्सिङ गरेको आरोपमा १८ जना पक्राउ

टर्कीमा फुटबल खेलमा सट्टेबाजी तथा म्याच फिक्सिङ र शक्तिको दुरुपयोग गरेको शङ्कामा रेफ्रीहरूको अनुसन्धानका लागि १८ जनालाई पक्राउ गरिएको इस्तानबुल अभियोजकको कार्यालयले शुक्रबार जनाएको छ ।
कार्यालयले १७ जना रेफ्री र पहिलो डिभिजन क्लबका अध्यक्षसहित २१ जनालाई पक्राउ गर्न पक्राउ पुर्जि जारी गरिएकोमा १८ जनालाई पक्राउ गरिसकेको जनाएको हो ।
कार्यलयका अनुसार सोधपुछ र अनुसन्धान म्याच फिक्सिङ र शक्तिको दुरुपयोगको शङ्कामा केन्द्रित रहेको छ ।
यस अघि टर्की फुटबल महासङ्घको अनुशासन परिषद्ले आचार संहिता उल्लङ्घन गरी म्याचमा सट्टेबाजी गरेको आरोपमा गत हप्ता १४९ जना रेफ्रीलाई निलम्बन गरिसकेको जनाइएको छ ।
गत महिना महासङ्घले व्यावसायिक फुटबल लिगका ५७१ टर्की रेफ्रीहरूमाथि गरेको अनुसन्धानले टर्कीको पहिलो डिभिजनका २२ जना रेफ्रीसहित १५२ जनामा म्याच फिक्सिङको शर्तहरु आकर्षित भएको खुलासा गरेको थियो ।
रेफ्रीहरूले संयुक्त बयानमा “अपमानजनक आरोपहरू“ को निन्दा गर्दै उनीहरू मध्ये कसैले पनि उनीहरूले अम्पायर गरेको म्याचमा नियम विपरित नगरेको जनाएका छन् ।
















ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
विदेशको ज्ञान, स्वदेशमा कमाइ
योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया