जेन-जी आन्दोलनले शु-सासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा शु-सासनको लक्ष्मण रेखा कोरेको बताएकी छन् । शुक्रबार उद्योग तथा वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
कार्यक्रममा उनले उद्योगीव्यवसायीको समस्या सम्बोधनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् ।
‘यो आन्दोलन आर्थिक, सामाजिक, राजनैतिक सबै क्षेत्रको सुधारका लागि भएको थियो । कानुनको शासन र आम सर्वसाधारण तथा व्यवसायीको सुरक्षाका लागि सरकारले कुनै कमजोरी गर्दैन, आन्दोलनपछि उच्छृङ्खल समुहले इमानदार व्यवसायीलाई प्रताडित बनाए त्यो सरकारलाई स्वीकार्य छैन् । यि चुनौती सामना गर्न सरकारले प्रष्ट योजना बनाएको छ,’ उनले भनिन् ।
राजनैतिक आवरणमा भएका लुट र व्यवसायीमाथि सिर्जना गराइएका गलत भाष्य चिर्न सरकारले प्रयास गर्ने उनले बताइन् । उद्योगीको मनोबल नउठेसम्म देशको अर्थव्यवस्था पनि नउठ्ने हुँदा तत्काल समाधान खोज्ने उनले बताइन् ।
उद्योगी व्यवसायीले कर तिर्ने होइन रोजगारी सिर्जना, सामाजिक सुरक्षा लगायतका राज्यको दायित्व समेत निर्वाह गरिरहेको हुने उनले बताइन् ।
व्यवसायीबिना देश बन्दैन, वित्तिय क्षेत्रको लगानी, व्यवसायी तथा पेशाकर्मीको सुरक्षाको वातावरण निर्माणको जिम्मा भने सरकारको हो, सरकारका सबै निकाय त्यसमा लागेको छ । सुरक्षाको अनुभूति विस्तारै बढाउँदै लगिनेछ,’ उनले बताइन् ।
निर्वाचन सफल र स्वच्छ बनाउन नीजि क्षेत्रको समेत आवश्यकता रहनेहुँदा ढुक्कासाथ लाग्न उनले थपिन् । साथै उनले व्यवसायीहरूलाई ढुक्क भएर अगाडि बढ्न पनि आग्रह गरेकी छन् ।
प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार ५ : ०२ बजे










गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
बागमती प्रदेशसभाको बैठक बोलाउने तयारीमा सरकार : काे बन्ला सभामुख ?
कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि कडा मापदण्ड
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया