जेन-जी आन्दोलनले शु-सासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा शु-सासनको लक्ष्मण रेखा कोरेको बताएकी छन् । शुक्रबार उद्योग तथा वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० लाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् ।
कार्यक्रममा उनले उद्योगीव्यवसायीको समस्या सम्बोधनका लागि सरकारले कुनै कसर बाँकी नराख्ने उनले बताइन् ।
‘यो आन्दोलन आर्थिक, सामाजिक, राजनैतिक सबै क्षेत्रको सुधारका लागि भएको थियो । कानुनको शासन र आम सर्वसाधारण तथा व्यवसायीको सुरक्षाका लागि सरकारले कुनै कमजोरी गर्दैन, आन्दोलनपछि उच्छृङ्खल समुहले इमानदार व्यवसायीलाई प्रताडित बनाए त्यो सरकारलाई स्वीकार्य छैन् । यि चुनौती सामना गर्न सरकारले प्रष्ट योजना बनाएको छ,’ उनले भनिन् ।
राजनैतिक आवरणमा भएका लुट र व्यवसायीमाथि सिर्जना गराइएका गलत भाष्य चिर्न सरकारले प्रयास गर्ने उनले बताइन् । उद्योगीको मनोबल नउठेसम्म देशको अर्थव्यवस्था पनि नउठ्ने हुँदा तत्काल समाधान खोज्ने उनले बताइन् ।
उद्योगी व्यवसायीले कर तिर्ने होइन रोजगारी सिर्जना, सामाजिक सुरक्षा लगायतका राज्यको दायित्व समेत निर्वाह गरिरहेको हुने उनले बताइन् ।
व्यवसायीबिना देश बन्दैन, वित्तिय क्षेत्रको लगानी, व्यवसायी तथा पेशाकर्मीको सुरक्षाको वातावरण निर्माणको जिम्मा भने सरकारको हो, सरकारका सबै निकाय त्यसमा लागेको छ । सुरक्षाको अनुभूति विस्तारै बढाउँदै लगिनेछ,’ उनले बताइन् ।
निर्वाचन सफल र स्वच्छ बनाउन नीजि क्षेत्रको समेत आवश्यकता रहनेहुँदा ढुक्कासाथ लाग्न उनले थपिन् । साथै उनले व्यवसायीहरूलाई ढुक्क भएर अगाडि बढ्न पनि आग्रह गरेकी छन् ।
प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार ५ : ०२ बजे
















व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया