मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा

जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। प्रदेशसभा बैठकमा उहले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । आज प्रदेशसभामा विश्वासको मत लिन पुगेका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा घोषणा गरे ।
उनले आजै प्रदेशप्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने जानकारी दिएका छन् । मुख्यमन्त्री सोनल गत असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत असोज २९ गते प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेका थिए ।
एक सय सात सदस्य प्रदेशसभामा सरकार गठनका लागि ५४ आवश्यक बहुमत हो । मधेस प्रदेशसभामा सत्ता गठबन्धन लोसपाको आठ, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको नौ र एकीकृत समाजवादीको सात सिट छ । नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि मत दिने आश्वासन दिएको सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित भएका थिए ।
माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले आज सदनमा असन्तुष्टि जनाउनुभएको थियो । त्यसपछि आफूले मत पाउने सुनिश्चित नदेखेपछि उनले राजीनामा घोषणा गरे । मुख्यमन्त्री सोनललाई मधेसका प्रदेशप्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।










जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
एमबाप्पेको कीर्तिमानी रोनाल्डोको बराबरी, सेभिल्लाविरुद्ध रियल १–० ले विजयी
विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु
आज तराईमा हुस्सु-कुहिरो बढ्ने : मौसम महाशाखाले जारी गर्यो चेतावनी
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया