मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
मेरोन्यूज
२०८२ कार्तिक २४ गते ११:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मधेश प्रदेश सरकारमा सहभागी आफ्नो पार्टीकी मन्त्रीलाई फिर्ता बोलाएको छ ।
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान राप्रपाकी कन्चन बिच्छालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनी नियुक्त भएको केहिबेरमै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिच्छालाई फिर्ता बोलाएका हुन् ।
‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा, विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु’ अध्यक्ष लिङदेनले भने ।
सम्बन्धित
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया