मधेसमा मन्त्री नियुक्त विच्छालाई तत्काल फिर्ता हुन राप्रपाको निर्देशन
मेरोन्यूज
२०८२ कार्तिक २४ गते ११:४३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मधेश प्रदेश सरकारमा सहभागी आफ्नो पार्टीकी मन्त्रीलाई फिर्ता बोलाएको छ ।
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज बिहान राप्रपाकी कन्चन बिच्छालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, उनी नियुक्त भएको केहिबेरमै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले बिच्छालाई फिर्ता बोलाएका हुन् ।
‘मधेश प्रदेश सरकारमा राप्रपाको सहभागिताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो अनुशासनको गम्भीर उल्लंघन हो । राप्रपाका सदस्यलाई तत्काल सरकारबाट फिर्ता हुन निर्देशन छ । अन्यथा, विधानबमोजिम कारबाही हुने जानकारी गराउँछु’ अध्यक्ष लिङदेनले भने ।
सम्बन्धित










अफगानिस्तानमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, ४२ घाइते
सुहाङलाई प्रधानमन्त्रीले भनिन्- तपाईँजस्ता युवाले देशको बागडोर सम्हाल्नुपर्छ
मधेस प्रदेशको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित
कानुनलाई सरल बनाउन अध्ययन जारी छ: मन्त्री सिन्हा
नबिल बैंक युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालको बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
प्रतिक्रिया