दक्षिण कोरियामा चिनियाँ माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ९ बेपत्ता
मेरोन्यूज
२०८२ कार्तिक २४ गते १५:४३

दक्षिण कोरियाको राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपश्चिम गुसान नजिकैको इओचोङ टापुमा चिनियाँ माछा मार्ने डुङ्गा पानीमा डुबेर दुर्घटनाग्रस्त भएको छ । दुर्घटना परेका दुई जनालाई उद्धार गरिएको तथा अन्य नौ जना बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले सोमबार जनाएको छ । डुङ्गा स्थानीय समय अनुसार बिहान लगभग ८ः५३ दुर्घटनाग्रस्त भएको एजेन्सिले जनाएको छ ।
दुर्भाग्यपूर्ण जहाजमा सवार ११ जना मध्ये चालक दलका दुई जना सदस्यलाई नजिकैको पानीमा यात्रा गरिरहेको मालवाहक जहाजले उद्धार गरेको र बाँकी नौ जना अझै बेपत्ता भएको जनाइएको छ ।
दक्षिण कोरियाली तटरक्षकले केपत्ताहरुको खोज र उद्धार कार्यका लागि चार वटा गस्ती जहाज र एउटा हेलिकप्टर घटनास्थलमा तैनाथ गरेको जनाएको छ ।
सम्बन्धित
















नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउने मन्त्री चौधरीको प्रतिबद्धता
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
कर्मचारी ट्रेड युनियन खारेज नगर्न तीन विपक्षी दलको माग
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
प्रतिक्रिया