सिरहा जाँदै गरेको गाडी उदयपुरमा दुर्घटना

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका बगाहा–४ स्थित गाईघाट कद्माहा सडकखण्डमा आज गाडी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
गाईघाट बजारबाट सिरहाको लहानतर्फ जाँदै गरेको ना१ज ८३९१ नम्बरको विङ्गर गाडी त्रिनपा–४ को बगाहा सडकखण्डमा अनियन्त्रित भई दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार दुर्घटनामा घाइते हुनेमा त्रियुगा–२ का ७७ वर्षीय कमल खड्का, ५७ वर्षीय नरबहादुर खत्री र त्रिपा–१२ का १७ वर्षीया प्रतीजा विक रहेका छन् ।
यसैगरी अन्य घाइतेमा सप्तरीको हनुमान नगरपालिका–२ का २७ विर्षीय उपेन्द्र साह, काठमाडाँै गोकर्णेश्वर–२ का ५४ वर्षीय शम्भुप्रसाद पोखरेल, ओखलढुङ्गा खिजीतेम्बा गाउँपालिका–२ का ४५ वर्षीय तीर्थराज घिमिरे, त्रिनपा–७ चुहाडेका २२ वर्षीय केवल ठकुरी, त्रिनपा–११ का ७४ वर्षीय पूर्णबहादुर राई र ६० वर्षीया रामकुमारी राई तथा चालक सप्तरीको हनुमान–२ का २७ वर्षीय उपेन्द्र साह रहेका छन् ।
घाइतेमध्ये चार जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया