राष्ट्रलाई सङ्कटबाट मुक्त गर्न एमालेको भूमिका सशक्तः महासचिव पोखरेल
मेरोन्यूज
२०८२ कार्तिक २४ गते १८:४८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राष्ट्रलाई सङ्कटबाट बाहिर निकाल्न नेकपा एमालेले सशक्त भूमिका निर्वाह गर्दै आएको बताएका छन्।
आज यहाँ आयोजित पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ शुभारम्भ कार्यक्रममा महासचिव पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा देश अप्ठ्यारोमा पर्दा एमालेले सही बाटोमा ल्याउने काम गरेको उल्लेख गरे।
नेपाली समाजलाई विखण्डनबाट जोगाउने होस् वा राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान स्थापित गर्ने कुरामा एमालेले सधैँ अगुवाइ गरेको उनले बताए। मनमोहन अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई नेकपा एमाले नेतृत्वको सरकारले विकास र विस्तार गरेको स्मरण उनले गराए।
एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै वामपन्थी, राष्ट्रवादी शक्ति एमालेमा एकत्रित हुन जरुरी भएको महासचिव पोखरेलको भनाइ थियो ।
सम्बन्धित









भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एनपिएलः लिग चरणको अन्तिम खेल हुँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया