नेपाल–भारत सीमा नाकामा आउजाउ सुरु

महोत्तरी। छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमा नाकाको आवागमन सञ्चालनमा आएको छ । भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो ।
आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहितका सीमावर्ती नेपालका बजारबाट दशगजा पारीका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउँजाउ गर्न थालेका छन् । महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार विधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै आउँजाउ खुलेको हो ।
सीमाक्षेत्रमा दुबैतर्फका सर्वसाधारण घुमफिर, किनमेल र नातासम्बन्धका परिवारजनसँग भेटघाटका लागि आउजाउ गर्ने यहाँको बाक्लै चलन छ । बिहारको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुबैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ छ बजेदेखि आज साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए ।
महोत्तरी जिल्लासँग भारतको बिहार राज्यका मधुवनी र सीतामढी सीमा जोडिएका जिल्ला हुन् । यी दुबै भारतीय जिल्लासँगको सीमा दूरी करिब ३९ किलोमिटर छ । सीमा क्षेत्रमा महोत्तरीतर्फ दोहोरो आउजाउका १० भन्दा बढी नाका छन् । यी सबै नाकाबाट अहिले दोहोरो आउजाउ खुलेको छ ।









सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया