नेपाल–भारत सीमा नाकामा आउजाउ सुरु

महोत्तरी। छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै गत शनिबार साँझदेखि बन्द गरिएको सीमा नाकाको आवागमन सञ्चालनमा आएको छ । भारतको बिहार राज्यका महोत्तरीका सीमावर्ती विधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै साँझ ६ बजेदेखि आवागमन खुलेको हो ।
आवागमन खुल्नासाथ मटिहानी, भिठ्ठामोर, मनरा र सम्सीसहितका सीमावर्ती नेपालका बजारबाट दशगजा पारीका भारतीय बजार र उताका सर्वसाधारण नेपालतर्फ आउँजाउ गर्न थालेका छन् । महोत्तरीसँग सीमा जोडिएका बिहारको मधुवनी जिल्लाको हर्लाखी र सीतामढी जिल्लाका सुरसण्ड तथा परिहार विधानसभा क्षेत्रमा आज मतदान सम्पन्न भएसँगै आउँजाउ खुलेको हो ।
सीमाक्षेत्रमा दुबैतर्फका सर्वसाधारण घुमफिर, किनमेल र नातासम्बन्धका परिवारजनसँग भेटघाटका लागि आउजाउ गर्ने यहाँको बाक्लै चलन छ । बिहारको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमावर्ती दुबैतर्फका जिल्ला प्रशासनले गत शनिबार साँझ छ बजेदेखि आज साँझ ६ बजेसम्मका लागि आवागमन पूर्ण बन्द रहने सूचना जारी गरेका थिए ।
महोत्तरी जिल्लासँग भारतको बिहार राज्यका मधुवनी र सीतामढी सीमा जोडिएका जिल्ला हुन् । यी दुबै भारतीय जिल्लासँगको सीमा दूरी करिब ३९ किलोमिटर छ । सीमा क्षेत्रमा महोत्तरीतर्फ दोहोरो आउजाउका १० भन्दा बढी नाका छन् । यी सबै नाकाबाट अहिले दोहोरो आउजाउ खुलेको छ ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया