समृद्धिको अभिभारा नेपाली कम्युनिष्ट पार्टीले पूरा गर्नुपर्छ : नेता रावल

काठमाडौँ। मातृभूमि जागरण अभियान, नेपाल प्रस्तावक डा भीम रावलले मुलुकलाई आर्थिक सामाजिक रूपमा समृद्धि बनाउने अभिभारा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पूरा गर्नुपर्ने बताएका छन् ।
आफू नेतृत्वको जागरण अभियान र नेपाली कम्युनिष्ट पार्टी बीचको एकता घोषणासभालाई आज सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा, रोजगारी सिर्जना र समृद्धिको ढोका उघार्ने जिम्मेवारी यसै पार्टीको भएको बताए ।
“नेपालमा अपार सम्पदा छन्, त्यसमा नेपालीको हकअधिकार स्थापित गर्दै समृद्धिको रेखा कोर्नुपर्छ”, प्रस्तावक रावलले भने, “देशको रक्षा, जनताको सुरक्षा पहिलो कर्तव्य हुनुपर्छ, यस पार्टीले राष्ट्रिय सुरक्षा नीति ल्याउनुपर्छ, यसबाट हाम्रो सीमानाको रक्षा गर्नुपर्छ । सरकारी र निजी सम्पत्ति अब जल्ने छैन भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।”
नेपाली कम्युनिष्ट पार्टीका नेत्री पम्फा भुसालले मुलुकको आर्थिक सामाजिक रूपान्तरणसँगै क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने अभिभारा पनि नेकपाको काँधमा आएको बताए । “केही दिनअघि १० कम्युनिष्ट घटक, आज मातृभूमि जागरण अभियानलगायत वाम पार्टीसँग एकता भएको छ, अब कम्युनिष्ट ध्रुवीकरणले निरन्तरता लिनेछ”, उनले भने, “जबसम्म एउटै कम्युनिष्ट पार्टी बन्दैन, त्यति बेलासम्म एकता प्रक्रिया अघि बढिरहनेछ ।”
नेकपाको नेतृत्वमा देशका चुनौती समाधान, जनताको आवश्यकता पूरा र राष्ट्रिय स्वाधिनताको संरक्षण गर्ने महाअभियान सुरु भएको उद्घोष गर्दै उनले एकता अभियानलाई सफल बनाएरै छाडिने दृढता व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न क्रान्तिकारी कम्युनिष्टहरू एकताबद्ध हुनुपर्छ भन्ने भावनाका साथ आफू नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको बताए । “एमालेले नेकपाका संस्थापक महासचिव पुष्पलालको विरासत थाम्न सकेन, जनजनेता मदन भण्डारीको पनि पार्टी हुन सकेन”, उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी श्रमजीवीका महासचिव प्रमोदनारायण यादवले नेपाली कम्युनिष्ट पार्टीको एकता अभियानलाई जनस्तरमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै जनजीविकाको सम्बोधन यस पार्टीबाट मात्र सम्भव रहेको बताए ।
















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
राष्ट्रपतिले जारी गरे थप एक अध्यादेश
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया