इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु, २१ बेपत्ता

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् ।
मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरियको तथा र क्षति ग्रस्त भएको जनाइएको छ ।
“शुक्रबार सम्म, संयुक्त उद्धार टोलीले २३ जनालाई जीवित उद्धार गरेको , दुई जनाको शव बरामद गरेको तथा अन्य २१ जना बेपत्ताको खोजी जारी रहेको राष्ट्रिय विपद् एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति मार्फत जनाउनु भएको छ । बेपत्ता तथा पीडितहरूको खोजी गर्न निरन्तर रुपमा खोजी तथा उद्धार अभियान चलिरहेको मुहारीले बताउनु भएको छ ।
कठिन भुभागका कारण उद्धार तथा राहत कार्यमा बाधा भएको उल्लेख गर्दै तत्काल सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको उहाँले जनाउनु भएको छ ।
यस हप्ताको सुरुमा मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीले चरम मौसमी चेतावनी जारी गर्दै हाइड्रोमेटियोलोजिकल प्रकोप र इन्डोनेसियाका धेरै क्षेत्रहरूमा आउँदो हप्ताहरूमा उच्च वर्षा हुन सक्ने जनाइएको थियो ।
यस अघि नोभेम्बरमा पपुवा नामक क्षेत्रमा आकस्मिक बाढी र पहिरो आउदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने थप आठ जना बेपत्ता भएका थिए ।














सुनकोे मूल्य दुई हजारले बढ्यो, चाँदीको स्थिर
जनावरबाट जोगिन शुक्लाफाँटामा ‘मेसवायर’
लागुऔषधसहित तीन जना पक्राउ
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
सङ्खुवासभामा एमाले र रास्वपाबीच कडा प्रतिस्पर्धा
भोजपुरमा शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृतिका ध्रुवराज निर्वाचित
प्रतिक्रिया