सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सहकार्य बढाइने

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच संयुक्त सीमा गस्ती र सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय र सहकार्य बढाउने समझदारी भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिङ्घल नेतृत्वको भारतीय प्रतिनिधिमण्डलबीचको द्विपक्षीय नवौँ समन्वयात्मक बैठकमा सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार नियन्त्रणलगायत बारेमा छलफल भएको थियो ।
यस्तै सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, अवैध आवतजावत नियन्त्रण, सूचना तथा तालिम आदानप्रदान गर्नेबारेमा विचारविमर्श भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
यही कात्तिक २६ देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीमा सञ्चालित सो बैठकमा गत मङ्सिरमा काठमाडौँमा सम्पन्न आठौँ समन्वयात्मक बैठकबाट पारित एजेण्डा कार्यान्वयको विषयमा समीक्षा भएको थियो । बैठकबाट पारित साझा धारणालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र आगामी रणनीतिका विषयमा समेत छलफल भएको थियो ।













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया