मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर १ गते १२:४२

काठमाडाैं । सोमबार राति साउदी अरबमा भएको सडक दुर्घटनामा ४२ जना भारतीयको मृत्यु भएको छ।
मक्काबाट मदिना जाँदै गरेको बस डिजेल ट्याङ्करसँग ठोक्किएर आगो लागेको छ। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन्। रिपोर्टका अनुसार दुर्घटनामा बस चालक मात्र बाँचेका छन्।
मृत्यु हुने अधिकांश हैदराबादका रहेको अनुमान गरिएको छ। दुर्घटना बिहान १:३० बजे मदिनाबाट लगभग १६० किलोमिटर टाढा मुहरास नजिकै भएको थियो। धेरै यात्रुहरू सुतिरहेका कारण पनि ठूलाे मानवीय क्षति भएकाे बताइएकाे छ ।
तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग सम्पर्कमा रहेको बताएको छ। राज्य सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीका अधिकारीहरूलाई पीडितहरूको पहिचान र अन्य औपचारिकताहरूमा सहयोग गर्न दूतावाससँग नजिकबाट समन्वय गर्न निर्देशन दिएका छन्।
सम्बन्धित
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया