नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने

काठमाडौ. नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी पार्टी एकता सन्देश सभा गर्ने भएको छ । यही मङ्सिर १२ देखि २३ गतेसम्म प्रदेश, जिल्ला र स्थानीय तहमा सभा गर्न लागेको आज जारी प्रेस नोटमा जनाइएको छ ।
त्यस क्रममा मङ्सिर १२ मा सुदूरपश्चिमको धनगढी, १३ मा लुम्बिनीको दाङ (देउखुरी), १४ मा गण्डकीको पोखरा, १५ मा प्रदेश नं १ को विराटनगर, १७ मा उपत्यका विशेष प्रदेशको काठमाडौँ, १८ मा कर्णालीको सुर्खेत, १९ मा सङ्घीय सम्पर्क समन्वय प्रदेशको काठमाडौँ, २० मा मधेस प्रदेशको जनकपुर, २१ गते प्रवास समितिको भर्चुअल र २३ गते बागमतीको हेटौँडामा सभा गर्न लागिएको गेको हो ।
यस्तै मङ्सिर २६ गतेसम्म सबै जिल्ला तथा २९ गते ७५३ वटै स्थानीय तहमा एकता सन्देशसभा आयोजना गर्ने निर्णय भएको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ ।










प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्वतयारी, दुई राष्ट्रियकार्य योजनाको मस्यौदा तयार
४२ लाख ठगीको आराेपमा दुई जना पक्राउ
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया