प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरुले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच मुलुकको समसामयिक राजनीति घटनाक्रम र आगामी निर्वाचनको विषयमा छलफल भएको भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते निर्वाचन हुने भन्दै निर्वाचनको वातावरण बनाउन दलहरुको साथ आफूलाई आवश्यक रहेको बताउनुभएको प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै नेता निरौलाले बताए । भेटमा कांग्रेसका युवा नेताहरुले सबै राजनीतिक दललाई विश्वासमा लिएर समयमै निर्वाचन गराउन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेका थिए ।
भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा, सन्दीप निरौलालगायतको सहभागिता रहेको थियो ।















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया