निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताएका छन् । सचिवालयबाट आज भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर्वाचन गर्ने म्यान्डेट प्राप्त भएको उल्लेख गर्दै मताधिकार सुनिश्चित गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन अनुरोध गरे ।
उनले भनेका छन्, “निर्वाचन लोकतन्त्रको आधारशीला हो । वर्तमान सरकार कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी तोकिएको समयमा निर्वाचन गर्ने म्यान्डेट रहेको छ । यसैले सबैको मताधिकार सुनिश्चित गराउने मुख्य आधार भनेको मतदाता नामामवलीमा नाम दर्ता गराउने भएकाले नाम दर्ता गराउन अनुरोध छ ।”
उनले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा अनलाईन प्रणालीबाट र बाँकी सबैले निर्वाचन आयोगको कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने पनि जानकारी दिएका छन् । हाल मङ्सिर ५ गतेसम्म नाम दर्ता गराउने समय थप भएकाले यो अवसरबाट कोही पनि नछुट्न उहाँले सार्वजनिक अनुरोध गरेका छन् ।









बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…
जापानको उत्तरपूर्वी क्षेत्रमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की
टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो
सुदूरपश्चिमको विजयी यात्रा रोकियो, विराटनगरको शानदार जित
एनपिएलमा प्लेसिसले पुरा गरे कीर्तिमानी अर्धशतक
प्रतिक्रिया