अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितहरुको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको रिपोर्ट गरेको छ । नोभेम्बरमा मात्र एक हजार भन्दा बढी डेङ्गुका घटनाहरू रेकर्ड गरिएको द खामा प्रेसले रिपोर्ट गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा गत महिना देखि नङ्गरहार प्रान्तमा डेङ्गुका घटनाहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
यसैबीच, पन्जाबका विभिन्न क्षेत्रमा डेङ्गुको उच्च जेखिम रहको छ भने मुल्तान र फैसलाबादले सबै भन्दा चिन्ताजनक अवस्थाको सामना गरिरहेको बताइएको छ ।
दक्षिण पन्जाबका चिकित्सा कार्यकर्ताहरूले पछिल्लो हप्ताहरूमा डेङ्गुका बिरामीहरूको सङ्ख्या लगभग दस गुणा बढेको पुष्टि गरेका छन् ।
मुलतानका प्रमुख सरकारी अस्पतालहरूमा डेङ्गुका कारण कयौँ विरामीको मृत्यु भएको चिकित्सक र वरिष्ठ जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।















50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया