अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितहरुको सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको रिपोर्ट गरेको छ । नोभेम्बरमा मात्र एक हजार भन्दा बढी डेङ्गुका घटनाहरू रेकर्ड गरिएको द खामा प्रेसले रिपोर्ट गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार तुलनात्मक रुपमा गत महिना देखि नङ्गरहार प्रान्तमा डेङ्गुका घटनाहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ ।
यसैबीच, पन्जाबका विभिन्न क्षेत्रमा डेङ्गुको उच्च जेखिम रहको छ भने मुल्तान र फैसलाबादले सबै भन्दा चिन्ताजनक अवस्थाको सामना गरिरहेको बताइएको छ ।
दक्षिण पन्जाबका चिकित्सा कार्यकर्ताहरूले पछिल्लो हप्ताहरूमा डेङ्गुका बिरामीहरूको सङ्ख्या लगभग दस गुणा बढेको पुष्टि गरेका छन् ।
मुलतानका प्रमुख सरकारी अस्पतालहरूमा डेङ्गुका कारण कयौँ विरामीको मृत्यु भएको चिकित्सक र वरिष्ठ जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया