राजधानीमा एमालेको प्रदर्शन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज राजधानीमा प्रदर्शन र र्याली आयोजना गरेको छ । काठमाडौँकेन्द्रित जनसभाका लागि आज भृकुटीमण्डप र आसपासका क्षेत्रमा एमालेले प्रदर्शन गरेको हो । संविधान र लोकतन्त्रका लागि आयोजित जनसभा पार्टीको जनपरिचालनअन्तर्गतको अन्तिम चरणका रूपमा आयोजना गरिएको सो पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए।
पार्टीको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा प्रदर्शनी मार्गबाट रत्नपार्क परिक्रमा गरेर भृकुटीमण्डपमा आमसभामा परिणत हुने छ । जनसभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सम्बोधन गर्नुहुनेछ । यसअघि एमालेले गत कात्तिक २२ गते देशैभरीका वडामा वडा भेला, २५ गते सबै पालिकामा ¥याली सम्पन्न गरेको थियो । यस्तै कात्तिक २९ गते सबै जिल्लामा जनसभा आयोजना गरिएको थियो ।
सवारी साधन डाइभर्सन एमालेका प्रदर्शनका कारण सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा चाप देखिएको छ । एमाले नेता तथा कार्यकर्तासहितको ¥यालीका कारण उक्त क्षेत्रमा सवारी सञ्चालनमा समस्या उत्पन्न भएको हो । र्यालीका कारण सवारी सञ्चालनमा समस्या भएपछि अहिले प्रदर्शनीमार्ग हुँदै चल्ने सवारी साधनलाई डाईभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
उनले भने, “र्यालीका कारण सवारी आवागमनमा समस्या भएको छ । उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई पद्मोदयमोड र राष्ट्रिय सभागृहमोडबाट डाइभर्सन गरिएको छ ।” यसैगरी र्याली टुँडिखेल वरिपरी भएर चल्ने सवारी साधनको आवागमनमा केही प्रभाव पर्नसक्ने भएकाले सहज यात्राका लागि उक्तसडकको विकल्पमा अन्य सडकको प्रयोग गर्न अनुरोध गरिएको प्रमुख अधिकारीले बताए।









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया