आइतबार, मंसिर ७, २०८२

धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते

मेरोन्यूज २०८२ मंसिर ७ गते १८:३२

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–२ हजराचौक जनकपुर ढल्केवर सडक खण्डमा आज कारले पैदल यात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

बा प्र ०१– ०३१ च २०३६ नम्बरको कारले ठक्कर दिँदा मिथिला नगरपालिका १ लक्ष्मी निवासका अन्दाजी ४६ वर्षकी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) रुगमबहादुर कुँवरले जानकारी दिए।

दुर्घटनामा महतोका श्रीमान ५० वर्षे राजकुमार घाइते भएकाे प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सर्लाही लालबन्दी–६ का १८ वर्षे दिवस कार्कीलाई नियन्त्रणमा लिइ ढल्केवर इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया