आयनले ल्यायाे ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’

काठमाडौं । आयनका नेपालस्थित आधिकारिक विक्रेता सीजी मोटर्सले ग्राहकहरुको ईभी खरिद प्रक्रिया अझ सहज र फाइदाजनक बनाउन उद्देश्य राखी ‘दि एक्सट्राओडिनरी एक्सचेन्ज अफर’ नामक विशेष अफर सार्वजनिक गरेको छ।
यस विशेष अफरअन्तर्गत आयन वाई वा आयन भी मा अपग्रेड गर्न चाहने ग्राहकहरूले धेरै प्रकारका प्रिमियम सुविधा पाउनेछन्। यसमा ६.३ प्रतिशत ब्याजदर, क्यास बेनिफिट, एक्सचेन्ज बोनस, र कालो डेकर कार वाशर तथा भ्याकुम क्लिनर जस्ता आकर्षक उपहारहरू समावेश छन्।
साथै, ग्राहकहरूले ६.६ किलोवाट वाल माउन्ट चार्जर, ३.३ किलोवाट ट्राभल चार्जर, १ वर्षको रोड ट्याक्स, १ वर्षको अटोप्लस इन्स्योरेन्स, र अतिरिक्त एक्सेसरिज समेत प्राप्त गर्न सक्ने छन्। यस सँगै हरेक टेस्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुनेछ।
आयन मोडेलका विशेषताहरू
आयन वाई
ड्राइभिङ रेन्जः ५०० किलोमिटर
ब्याट्रीः ६१.३ किलोवाट आवर म्यागजिन ब्याट्री
आयन भी एलिट – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू
ड्राइभिङ रेन्जः५२० किलोमिटर
ब्याट्री प्रकारः म्यागजिन ब्याट्री
आयन भी लक्जरी – आफ्नो सेग्मेन्टमा उत्कृष्ट सुविधाहरू
ड्राइभिङ रेन्जः ६५० किलोमिटर
ब्याट्री क्षमताः ७५.३ किलोवाट आवर्
८(प्वाइन्ट मसाज सिट (चालक र सह–चालकका लागि)
इन–बिल्ट फ्रिज (६.६ लिटर क्षमता)
मूल्य : ५८.५० लाख रूपैयाँ , ६४.९९ लाख रूपैयाँ , ६९.९९ लाख रूपैयाँ
आयन विश्वभर अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका लागि परिचित ईभी ब्रान्ड हो। एशिया, युरोप, र मध्यपूर्वमा आफ्नो उपस्थिति विस्तार गर्दै, आयनले विद्युतीय गतिशीलताको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिरहेको छ। नेपालमा सीजी मोटर्स र आयन व्यापक सुविधा, उत्कृष्ट ग्राहक सेवा, र विस्तार हुँदै गएको ईभी इकोसिस्टमसहित नेपाललाई स्वच्छ, स्मार्ट र दिगो भविष्यतर्फ अघि बढाउन प्रतिबद्ध छन्।














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया