एलआरआर मोटर्स्द्वारा अधिकृत डिलरमा सोमार्जुन मोटर्स् नियुक्त, बुटवलमा नयाँ शोरूम

बुटवल। जिली ईएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्स्ले बुटवलको लागि सोमार्जुन मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरेको छ ।
बुटवल र आसपासका क्षेत्रहरूका लागि जिली ईएक्स फाइभका ईभीहरू स्थानीयस्तरमै उपलब्ध गराउने उदेश्यसहित आयोजित एक विशेष समारोहको क्रममा सोमार्जुन मोटर्स्द्वारा नवनिर्मित शोरूमको औपचारिक उद्घाटन समेत गरिएको छ ।
एलआरआर मोटर्स्ले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने घोषणा गरेको थियो ।
साथै उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुईवटा जिली ईएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ । पहिलो दिनमै दुईवटा ईएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्रान्डको लोकप्रियता र ग्राहकहरूको रुचिलाई दर्शाएको कम्पनीले जनाएको छ ।
उद्घाटन समारोहसँगै नयाँ डिलर शोरूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपासका क्षेत्रका ग्राहकहरूको लागि जिलीका विश्वप्रसिद्ध ईएक्स फाइभ म्याक्स र प्रो मोडेलहरूको बिक्री, बिक्री–पछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ ।
“बुटवल क्षेत्रका लागि एलआरआर मोटर्स्को अधिकृत डिलरका रूपमा चयन भइ यहाँका इभीप्रेमीहरूको लागि जिली ईएक्स फाइभलाई उहाँहरूको घरदैलोसम्म पुर्याउन पाउँदा हामी हर्षित छौँ,” सोमार्जुन मोटर्स्का सीईओ अर्जुन भुषाल भन्छन्, “हामीले बुटवलका ग्राहकहरूलाई विश्वस्त, आधुनिक र सुरक्षित ईभी विकल्प प्रदान गर्ने उद्देश्यका साथ जिली ईएक्स फाइभको वितरण सुरु गरेका हौँ । ईएक्स फाइभको गुणस्तर, प्राविधिक क्षमता र भरपर्दोपनाले यसलाई हाम्रो क्षेत्रकै अत्यन्त आकर्षक मोडल बनाउनेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ ।”
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एलआरआर मोटर्स्का निर्देशक जीवनजंग शाहीले जिली ब्राण्डको देशव्यापी विस्तारमा सोमार्जुन मोटर्स् जस्तो प्रतिबद्ध र सक्षम साझेदार अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे । नयाँ शोरूमले अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा र उन्नत ग्राहक अनुभवप्रतिको साझा प्रतिबद्धता झल्काएको उनले बताए ।
“सोमार्जुन मोटर्स्लाई जिली ईएक्स फाइभको डिलर सञ्जालमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । यस क्षेत्रमा सोमार्जुनको स्थानीय विश्वसनीयता र ग्राहक सेवाप्रतिको प्रतिबद्धताले पश्चिम क्षेत्रमा हाम्रो विस्तारलाई अझ प्रभावकारी बनाउनेछमा हामी ढुक्क छौँ,” उनले भने ।
















सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
अपाङ्ग महासङ्घको अवैधानिक कार्यसमिति तत्काल विघटन गर्न माग
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
प्रतिक्रिया