बुधबार, मंसिर १०, २०८२

के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?

मेरोन्यूज २०८२ मंसिर १० गते १६:४१

काठमाडाैं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको हत्या भएको दाबी गरिएकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इमरानकाे परिवारलाई विगत तीन हप्तादेखि उनीसँग भेट्न दिइएको छैन। उनलाई भेट्न जेल पुगेका उनकी दिदीबहिनीहरूलाई प्रहरीले दुर्व्यहार गरेर निकालेकाे आराेप छ । साथै इमरानकाे स्वास्थ अवस्थाबारेपनि कुनै जानकारी दिइएकाे छैन ।

यस घटनापछि इमरानको पार्टी पीटीआईका हजारौँ समर्थक रावलपिन्डीमा भेला भई धर्ना दिइरहेका छन् । साथै इमरानकाे स्वास्थ अवस्थाबारे जानकारी मागिरहेका छन्। यदि इमरान स्वस्थ भए अदालतले अनुमती दिँदा पनि प्रहरीले किन भेट्न नदिएकाे भन्दै उनीहरुले जवाफ मागेका छन् ।

बलुचिस्तानको परराष्ट्र मन्त्रालयले इमरानकाे हत्याबारे विभिन्न सञ्चारमाध्यममा खबर आएकाे भन्दै प्रशासनलाई चेतावनी दिएकाे छ ।

मन्त्रालयले एक ट्वीट गर्दै भनेकाे छ, ” रिपोर्टहरू आइरहेका छन् कि पंजाबी पाकिस्तानका हिरासतमा रहेका इमरान खानलाई असीम मुनीर र उनको आईएसआई प्रशासनले मारेको धेरै समाचार आउटलेटहरूमा भनिएकाे छ । यदि यो जानकारी सत्य भएको पुष्टि भयो भने, यसले आतंकवादी पाकिस्तानको पूर्ण अन्त्यलाई संकेत गर्दछ। यसको अन्तिम बाँकी रहेको वैधताको पतन सत्य संसारमा पर्दाफास हुने बित्तिकै सुरु हुनेछ।”

तर यी रिपोर्टहरूलाई पुष्टि गर्ने कुनै आधिकारिक जानकारी अहिलेसम्म आएको छैन।

पाकिस्तानका पूर्व सूचना एवं प्रसारण मन्त्री फवाद चौधरीले इमरानको हत्या भएको दाबीहरूलाई अफवाह र “पूर्ण रुपमा बकवास” भनेका छन्। उनका अनुसार इमरान खान हाल पनि आदियाला जेलमै छन्। तर, फवादको यो भनाइ समर्थकहरूले विश्वास गरेका छैनन्।

पीटीआई पार्टीका प्रमुख इमरान अगस्ट २०२३ देखि आदियाला जेलमा छन्।

प्रतिक्रिया