दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण

दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभाग (डिआइआरसिओ) ले औपचारिक रुपमा संयुक्त राज्य अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण गरेको दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबिसी) ले जनाएको छ । “दक्षिण अफ्रिकाबाट अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण प्रिटोरियामा भएको छ, तर यो गोप्यरूपमा भएको छ,” एसएबिसीले जनाएको छ ।
“विदेश मन्त्रालयले हस्तान्तरणमा सहभागी अधिकारीहरूको पहिचान खुलाएको छैन,” एसएबिसीले अगाडि भनेको छ। एसएबिसीले अफ्रिकी विदेशमन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै भनेको छ “अमेरिका धेरै ठूलो तामझामसहित हस्तान्तरण कार्यक्रम गर्न नचाहेका कारण यो गोप्य भएको छ । यो केवल दक्षिण अफ्रिकी मुद्दा थिएन ।” दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार जोहानेसबर्गमा जी–२० शिखर सम्मेलनको औपचारिक समापन गरे।
रामाफोसाले आफ्नो समापन मन्तव्यमा भन्नुभयो, “जी–२० समूहको यो शिखर सम्मेलनले औपचारिक रूपमा सम्मेलनको समापन गर्नेछ र अब जी–२० को नेतृत्व अर्को मुलुकमा जानेछ । अबको नतृत्वकर्ता मुलुक संयुक्त राज्य अमेरिकामा हामी अर्को वर्ष फेरि भेट्नेछौँ।” सामान्यतया, गेभेल अर्को राष्ट्रपति पदको नेतालाई हस्तान्तरण गरिने परम्परा रहेको छ। राष्ट्रपति रामाफोसाका प्रवक्ता भिन्सेन्ट मग्वेन्याले शनिबार दक्षिण अफ्रिकाका राष्ट्रपतिले उक्त सम्झौता कनिष्ठ दूतावासका अधिकारीलाई नदिने बताउनुभएको थियो । उनले भने, “यो नियमको उल्लङ्घन हो ।
सिद्धान्ततः नेतृत्वलाई कनिष्ठ अधिकारीलाई जिम्मा लगाउने अनुमति छैन।” उनले भने, “अमेरिकाले शिखर सम्मेलन बहिष्कार गर्ने निर्णय गरेको छ । यो उनीहरूको छनौट हो, र त्यसो गर्नु उनीहरूको विशेषाधिकार हो।तर जबरजस्ती नियम उल्लङ्घन गर्न कसैलाई पनि अनुमति छैन।” संयुक्त राज्य अमेरिकाले दक्षिण अफ्रिकी अश्वेत समुदायमाथि दुव्र्यवहार र ‘नरसंहार’ को आरोप लगाउँदै जी २० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी नपठाएर दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलन बहिष्कार गरेको छ ।
अमेरिकी ट्रम्प प्रशासनले आफुमाथि लगाएको आरोपको दक्षिण अफ्रिकाले कडा रूपमा खण्डन गर्दै आएको छ। अमेरिकाले औपचारिक रूपमा डिसेम्बर १ मा जी–२० समूहको अध्यक्ष पदको कार्यभार सम्हाल्ने कार्यक्रम छ ।
















रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया