पेरुमा अफिस उद्घाटनसँगै दक्षिण अमेरिकामा डोंगफेंग मोटरको नयाँ यात्रा सुरु

काठमाडौं । चाइना डोंगफेंग मोटर इन्डस्ट्री इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनी (डीएफएमआईईसी) ले पेरुको राजधानी लिमाको सान्टिएगो डे सुर्को क्षेत्रमा आफ्नो पेरु अफिसको उद्घाटन गरेकाे छ।
उद्घाटन समारोहमा डोंगफेंग मोटर इम्पोर्ट एण्ड एक्सपोर्ट कम्पनीका उपमहाप्रबन्धक याङ ताओ, कमर्शियल भेइकल ओभरसिज मार्केटिङ डिपार्टमेन्टका महाप्रबन्धक लिउ सुएमिङ तथा पेरुका व्यावसायिक र प्यासेन्जर भेइकल पार्टनरहरू सहभागी रहे। अफिस स्थापना अघि मार्केटिङ सेन्टर टिमले विस्तृत बजार अध्ययन, ग्राहक आवश्यकतासम्बन्धी अनुसन्धान र दक्षिण अमेरिकी बजारका सम्भावित क्षेत्रहरूको विश्लेषण गरेको थियो।
डोंगफेंगले पहिले नै हाइ–एण्ड ट्र्याक्टर, डम्प ट्रक तथा कार्गो ट्रकजस्ता महत्त्वपूर्ण मोडेल पेरुमा भित्र्याएर व्यावसायिक सवारी साधनको प्रमुख माग पूरा गर्दै आएको छ। कम्पनीले स्थानीय टिम विस्तारसँगै पेरुलाई क्षेत्रीय केन्द्र बनाउने लक्ष्य राखेको छ। अब पेरु अफिसमार्फत छिमेकी दक्षिण अमेरिकी देशहरूमा समयमै सेवा, स्पेयर पार्ट्स आपूर्ति तथा सहज ग्राहक पहुँच सुनिश्चित गर्ने योजना प्रस्तुत गरिएको छ।
उद्घाटनपछि याङ ताओ र मार्केटिङ टिमले स्थानीय साझेदारहरूसँग पेरुमा दीर्घकालीन व्यापार रणनीतिबारे छलफल गरे। कम्पनीले पेरु बजारलाई आगामी वर्षहरूमा दक्षिण अमेरिकी ‘बेंचमार्क मार्केट’ बनाउने लक्ष्य व्यक्त गरेको छ। त्यसका लागि ब्रान्ड प्रमोशन, सेवा क्षमता अभिवृद्धि, डिलर तालिम तथा वित्तीय सहयोगजस्ता क्षेत्रमा संयुक्त पहल अघि बढाइनेछ।
यस्तै, डोंगफेंग प्रतिनिधिमण्डलले लास बम्बास खानी परियोजना तथा लिमास्थित नयाँ डोंगफेंग कमर्शियल भेइकल फ्ल्यागशिप स्टोरको पनि भ्रमण गर्दै सम्भावित विस्तारका क्षेत्रहरूबारे छलफल गरेको छ। स्थानीय पार्टनरहरूले चिनियाँ ब्रान्डप्रति बढ्दो विश्वास र डोंगफेंगका भेइकलहरूको गुणस्तरमा निरन्तर सुधार देखिन थालेको बताएका छन्।














उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया