नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू

काठमाडौं । फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा आफ्नो भूमिका अझ मजबुत बनाइरहेको छ। उद्यमी, संस्थान र यातायात संचालकहरूका लागि फोटोनका भरपर्दा, किफायती र टिकाउ गाडीहरू ठूलो सहारा बनिरहेका छन्। इन्धनको मूल्य बढ्दै गएको र सफा सवारी साधनको माग बढिरहेको अवस्थामा फोटोनका इलेक्ट्रिक र कमर्सियल गाडीहरूले व्यवसायलाई अझ स्मार्ट र कम खर्चमा सञ्चालन गर्न मद्दत गरिरहेका छन्।
धेरै साना व्यवसायीहरूका लागि फोटोन टीएम वान भरपर्दो विकल्प बनेको छ। बनेपाका जितबहादुर तामाङका अनुसार टीएम वानले उत्कृष्ट पिकअप, राम्रो आराम र उकालो–ओरालो दुबैमा भरपर्दो ब्रेकिङ उपलब्ध गराउँछ। खर्च कम गराई राम्रो बचत भैरहेको छ, उनी टीएम वानलाई साँच्चै नै “कमाईको राजा’’ भन्छन्। डिजेल र पेट्रोल गाडीबाट त्ःज्ञ मा सरेपछि उनको मर्मत र इन्धन खर्च धेरै घटेको छ, र घरमै चार्ज गर्न सकिने सुविधा हुँदा दैनिक काम झनै सजिलो भएको छ।
शैक्षिक संस्थाहरूले पनि सुरक्षित र टिकाउ यातायातका लागि फोटोन रोजिरहेका छन्। रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको स्मूथ, शान्त र कम्पनरहित अनुभवको प्रशंसा गरे। अभिभावकहरूले पनि डिजेल भ्यानको तुलनामा यसमा निकै फरक महसुस गरेको बताएका छन्। यसको आराम, बलियो ब्याट्री प्रदर्शन,सुरक्षा, एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि विश्वासिलो विकल्प बनाएको छ।
धेरै वर्षको अनुभव भएका यातायात व्यवसायीहरू पनि फोटोनप्रति त्यत्तिकै सन्तुष्ट छन्। समाखुसी यातायातका २५ वर्ष अनुभव भएका चालक श्री ईश्वर प्रसाद न्यौपानेका अनुसार फोटोन ईभी भ्यान चलाउन निकै सहज छ, आराम “भीआईपीजस्तै’’ छ, र ब्याट्री रेन्ज दिनभरी काम चल्ने खालको छ। उनी भन्छन्, चार्जिङ स्टेसनहरू सजिलै भेटिन्छन्, र गाडीले सुरुदेखि नै उत्कृष्ट भरोसा दिँदै आएको छ।
उत्कृष्ट प्रदर्शन, इलेक्ट्रिक दक्षता र देशभर उपलब्ध सपोर्टका कारण फोटोनले नेपाली व्यवसायलाई खर्च घटाउन, सफा सवारी अपनाउन र भविष्यलाई अझ दिगो बनाउन मद्दत गरिरहेको छ। फोटोन नेपाली समुदाय र यहाँका उद्योगहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया