मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोह समूह, नेकपा विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रममा राष्ट्रियता कमजोर भएकाले नेपाली जनताको आत्मसम्मान तथा देशको सार्वभौमसत्ता रक्षाका लागि वामपन्थी शक्ति र कम्युनिष्ट एकता गरिएको उनले बताए ।
राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरिने उल्लेख गर्दै संयोजक दाहालले देशभक्तको अभियानमा सबै दलको सहयोगको अपेक्षा गरे । मुलुकमा विद्यमान समस्या समाधान कम्युनिष्टले मात्र गर्न सक्ने भएकाले एकता अहिलेको आवश्यकता रहेको बताउँदै उनले यसमा सबैले उदारता देखाउनपर्ने तथा भिन्न परिवेशबाट आएका नेता कार्यकर्ताबाट एकापसमा गरिने सद्भाव र अनुभब आदानप्रदानले नयाँ घटनाक्रमबारे सश्लेषण गर्दै नयाँ समाजवाद कार्यान्वयन गर्न सकिने बताए।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यक्रममा विचार, सिद्धान्त मिलेका दलहरु एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने बताए । उनले देशभर जनतामा एकताको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सभा गरिने त्यसैले जनतामा उत्साह बढाउने र निर्वाचनको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरे । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूहका नेता राजेन्द्र श्रेष्ठले सो पार्टीले ल्याएको राजनीतिक कार्यक्रम राम्रो रहेकाले मुलुकको समृद्धिको यात्रामा एकीकृत भएर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।















महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
टी–२०विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया