मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोह समूह, नेकपा विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रममा राष्ट्रियता कमजोर भएकाले नेपाली जनताको आत्मसम्मान तथा देशको सार्वभौमसत्ता रक्षाका लागि वामपन्थी शक्ति र कम्युनिष्ट एकता गरिएको उनले बताए ।
राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका लागि प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरिने उल्लेख गर्दै संयोजक दाहालले देशभक्तको अभियानमा सबै दलको सहयोगको अपेक्षा गरे । मुलुकमा विद्यमान समस्या समाधान कम्युनिष्टले मात्र गर्न सक्ने भएकाले एकता अहिलेको आवश्यकता रहेको बताउँदै उनले यसमा सबैले उदारता देखाउनपर्ने तथा भिन्न परिवेशबाट आएका नेता कार्यकर्ताबाट एकापसमा गरिने सद्भाव र अनुभब आदानप्रदानले नयाँ घटनाक्रमबारे सश्लेषण गर्दै नयाँ समाजवाद कार्यान्वयन गर्न सकिने बताए।
पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली विशेषताको वैज्ञानिक समाजवादको कार्यक्रममा विचार, सिद्धान्त मिलेका दलहरु एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने बताए । उनले देशभर जनतामा एकताको सन्देश प्रवाह गर्न सबै प्रदेशमा सभा गरिने त्यसैले जनतामा उत्साह बढाउने र निर्वाचनको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरे । जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूहका नेता राजेन्द्र श्रेष्ठले सो पार्टीले ल्याएको राजनीतिक कार्यक्रम राम्रो रहेकाले मुलुकको समृद्धिको यात्रामा एकीकृत भएर अगाडि बढने प्रतिबद्धता व्यक्त गरे ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया