हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक

काठमाडौं । हुवावेले नेपालमा आफ्नो नयाँ हुवावे वाच जीटी ६ सिरिज औपचारिक रूपमा सार्वजनिक गरेको छ, जसअन्तर्गत हुवावे वाच जीटी छ तथा हुवावे वाच जीटी छ प्रो मोडेल समावेश छन्।
टिकाउपन, स्पष्ट प्रदर्शन र दीर्घ ब्याट्री क्षमतामा केन्द्रित यस नयाँ श्रृंखलाले नेपाली स्मार्टवाच बजारमा आधुनिक प्रविधि र नयाँ मापदण्ड स्थापित गरेको छ।
हुवावे वाच जीटी ६ छयालिस मिलिमिटर र एकचालिस मिलिमिटर दुवै आकारमा उपलब्ध छ। यसमा ३ हजार निट्ससम्मको ब्राइटनेससहितको एमओएलइडी स्क्रिन र परिष्कृत स्टेनलेस स्टिल डिजाइन प्रदान गरिएको छ। मोडेलनुसार १४ दिनदेखि २१ दिनसम्म चल्ने लामो ब्याट्री लाइफ यस सिरिजको मुख्य आकर्षण हो।
हुवावे वाच जीटी ६ को मूल्य भेरियन्टअनुसार ३४ हजार ४ सय ९० देखि ३९ हजार ४ सय ९० सम्म निर्धारण गरिएको छ। यस्तै, प्रिमियम निर्माणसहितको हुवावे वाच जीटी ६ प्रो ५४ हजार ४ सय ९० देखि ७४ हजार ४ सय ९० सम्म उपलब्ध छ। प्रो भेरियन्ट खरिद गर्ने उपभोक्ताले ५ हजार ४ सय ९० मूल्य बराबरको हुवावे बड्स एसई २ उपहारस्वरूप प्राप्त गर्नेछन्।
दुवै मोडेलमा १ सयभन्दा बढी वर्कआउट मोड, मल्टि–जिएनएसएस पोजिसनिङ, तथा एनड्रोइड र आइओएससँग उपयोगी हुवावे हेल्थ एप मार्फत सहज कनेक्टिभिटीजस्ता सुविधाहरू समेटिएका छन्। हुवावे वाच जीटी ६ सिरिज नेपालभरका अधिकृत पुनर्विक्रेता इफिक्स नेपाल, दराज, तथा विभिन्न खुद्रा स्टोरहरूबाट उपलब्ध छ।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया