कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । कृषि विकास बैंकलाई साउथ एसियन फेडरेशन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा “सर्वश्रेष्ठ वार्षिक प्रतिवेदन पुरस्कार, एकीकृत प्रतिवेदन पुरस्कार, तथा कर्पोरेट सुशासन प्रकटीकरणका लागि सार्क वार्षिकोत्सव पुरस्कार – २०२४” प्रदान गरिएको छ ।
“सार्वजनिक क्षेत्र” श्रेणीअन्तर्गत प्रदान गरिएका यी पुरस्कारहरू साफा र इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ पाकिस्तान (आइक्याप) द्वारा इस्लामाबाद, पाकिस्तानमा संयुक्त रूपमा आयोजित कार्यक्रममार्फत प्रदान गरिएका हुन् । इस्लामाबादमा बिहीबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले पुरस्कार ग्रहण गरेका थिए ।
अन्तर्राष्ट्रिय तहमा प्राप्त यस सम्मानले इमानदारी, नैतिक आचरण, सुशासन, पालना , पारदर्शिता र उत्तरदायित्व प्रति निरन्तर प्रतिबद्धतालाई सशक्त रूपमा प्रतिबिम्बित गर्ने बैंकले जनाएको छ । साथै सरोकारवालाहरूलाई विश्वसनीय, गुणस्तरीय तथा पारदर्शी वित्तीय प्रतिवेदन प्रदान गर्न अझ उत्साहित र प्रेरित गरेकाे बैंकले जनाएको छ।
















हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया