यस वर्षको सेजन अवार्ड पौडेल र तिमल्सिनालाई

काठमाडौँ । यसवर्षको ‘सेजन अवार्ड’ अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई प्रदान गरिएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारिता क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा आर्थिक विषयवस्तुको प्रभावकारी उठान गर्ने आर्थिक पत्रकारलाई यी अवार्ड प्रदान गरिएको हो ।
सो समारोहमा स्व.सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको ‘सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार–२०८२’ गोरखापत्र दैनिकका भेषराज वेल्वासेलाई प्रदान गरिएको छ ।
सेजन अवार्ड २०८२ अन्तर्गतको अन्य विधामा छापामाध्यमतर्फ कान्तिपुर दैनिकका विमल खतिवडा र डिजिटल मिडियातर्फ बिजमाण्डु डटकमका सुनिल कुँवरले अवार्ड प्राप्त गरे । त्यसैगरी ‘डा भोला चालिसे लिवरल जर्नलिजम अवार्ड–२०८२’ नेपालन्यूज डटकमका उद्धव थापा र अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीलाई प्रदान गरिएको छ ।
पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा गोपाल तिवारीले सबै पुरस्कार प्राप्त पत्रकारहरूको नाम औपचारिक रूपमा घोषणा गरेका थिए । समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए ।
साथै, स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको फुटसल प्रतियोगिताका विजयी टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ । सेजनले आर्थिक पत्रकारिताको विकास, शैक्षिक उन्नयन र पेशागत मर्यादा अभिवृद्धिमा निरन्तर योगदान पु¥याउँदै आएको आयोजकले जनाएको छ ।
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया