यस वर्षको सेजन अवार्ड पौडेल र तिमल्सिनालाई

काठमाडौँ । यसवर्षको ‘सेजन अवार्ड’ अनलाइनखबर डटकमका पत्रकार भुवन पौडेल र नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई प्रदान गरिएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारिता क्षेत्रमा उत्कृष्ट समाचार लेखन तथा आर्थिक विषयवस्तुको प्रभावकारी उठान गर्ने आर्थिक पत्रकारलाई यी अवार्ड प्रदान गरिएको हो ।
सो समारोहमा स्व.सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको ‘सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार–२०८२’ गोरखापत्र दैनिकका भेषराज वेल्वासेलाई प्रदान गरिएको छ ।
सेजन अवार्ड २०८२ अन्तर्गतको अन्य विधामा छापामाध्यमतर्फ कान्तिपुर दैनिकका विमल खतिवडा र डिजिटल मिडियातर्फ बिजमाण्डु डटकमका सुनिल कुँवरले अवार्ड प्राप्त गरे । त्यसैगरी ‘डा भोला चालिसे लिवरल जर्नलिजम अवार्ड–२०८२’ नेपालन्यूज डटकमका उद्धव थापा र अन्नपूर्ण पोस्ट दैनिककी सुनिता कार्कीलाई प्रदान गरिएको छ ।
पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा गोपाल तिवारीले सबै पुरस्कार प्राप्त पत्रकारहरूको नाम औपचारिक रूपमा घोषणा गरेका थिए । समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए ।
साथै, स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको फुटसल प्रतियोगिताका विजयी टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ । सेजनले आर्थिक पत्रकारिताको विकास, शैक्षिक उन्नयन र पेशागत मर्यादा अभिवृद्धिमा निरन्तर योगदान पु¥याउँदै आएको आयोजकले जनाएको छ ।













रुकुममा सनासो प्रहार गरी श्रीमतीको हत्या
कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने
घरको छतबाट खसेर वृद्धाकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया