शनिबार, वैशाख १९, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

मेरोन्यूज २०८२ मंसिर १५ गते १५:२५

पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा सुरु भएको छ ।

Advertisement
NiccNicc

गत असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक अहिले दिउँसो २ः४५ बजेदेखि केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा सुरु भएको हो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाले दिनुभएको जानकारीअनुसार आजको बैठकमा आगाम िपुस २६ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन हुनेगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिक्रिया