शनिबार, फागुन १६, २०८२

साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड

मेरोन्यूज २०८२ मंसिर १५ गते १६:३४

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव २८ अंकले घटेर दुई हजार ६४५ दशमलव २४ को विन्दुमा कायम भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आज ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव २६, वित्त शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव २२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३० र लघुवित्त शून्य दशमलव ६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ०४, लगानी शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव १७, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु २७ करोड १० लाख तीन हजार १८० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सात लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया