साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव २८ अंकले घटेर दुई हजार ६४५ दशमलव २४ को विन्दुमा कायम भएको हो ।
आज ३२५ कम्पनीको एक करोड आठ लाख ६० हजार ८२८ कित्ता शेयर ६० हजार ६२० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा विकास बैंक शून्य दशमलव २६, वित्त शून्य दशमलव ९१, जलविद्युत् शून्य दशमलव २२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३० र लघुवित्त शून्य दशमलव ६१ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ०४, लगानी शून्य दशमलव ७३, जीवन बीमा शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव १७, व्यापार शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।
आजको कारोबारमा सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र झापा इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने निफ्रा ग्रिन इनर्जी डिबेञ्चरको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको रु २७ करोड १० लाख तीन हजार १८० बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सिद्धार्थ इक्विटी फन्डको सात लाख ६५ हजार कित्ता शेयर किनबेच भएको छ ।









फाइनलमा हार्याे नेपाल, युएईले जित्यो उपाधि
उपराष्ट्रपति यादवसँग फिनल्यान्डका राजदूतको शिष्टाचार भेट
चुनाव निर्धारित मितिमै हुन्छ, कुनै समस्या छैन : मन्त्री घिसिङ
राष्ट्रियसभा चुनावबारे अध्यक्ष दाहाल र प्रमुख निर्वाचन आयुक्त भण्डारीबीच छलफल
साेमबार घट्याे सेयर बजार, काराेबार रकम चार अर्ब ७१ करोड
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
प्रतिक्रिया