टाटाले ल्यायाे अहिलेसम्मकै आकर्षक अफर

काठमाडाैं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा टियागो.इभी का लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गर्दै “Greatest Offer of All Time” अफर घोषणा गरेको छ।
विशेष सुविधाले भरिएको यो अफर अन्तर्गत ग्राहकहरूले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
अफरको मुख्य आकर्षण अन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, iPhone 17 Pro Max, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्छन् ।
योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधाहरू छन् ।
यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।
नेपाली बजारमा लोकप्रिय रूपमा स्थापित टाटा टियागो।इभि आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै ग्राहकको प्राथमिकता बनेको छ ।
किफायती मूल्य र सहरी क्षेत्रको लागि उपयुक्त टाटा टियागो.इभि सुरूवाती मुल्य २७ लाख ४९ हजार रहेको छ।

















ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
इनड्राइभले आयोजना गर्यो ‘काठमाडौं क्लिन एयर डायलोग’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
प्रतिक्रिया