अस्ट्रेलियामा ४ अर्ब ६० करोड डलरको एआई केन्द्र बन्दै

च्याटजिपीटीको निर्माता ओपनएआई तथा अस्ट्रेलियाली डाटा सेन्टर अपरेटर नेक्स्टडीसी बीच सिड्नीमा अर्बौं डलरको कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र विकास गर्ने सम्झौता सम्पन्न भएको छ ।
ब्रिस्बेनमा मुख्यालय रहेको नेक्स्टडीसीले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार दुवै कम्पनीबीच एआई क्याम्पस तथा जिपियु ‘सुपरक्लस्टर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार यी कम्पनीहरूले पश्चिमी सिड्नीमा अत्याधुनिक एआई पूर्वाधारको योजना, विकास तथा सञ्चालनमा सहकार्य गर्नेछन् । सम्झौताको प्रभाव बजारमा पनि देखिएको छ – नेक्स्टडीसीको सेयर दिउँसोको कारोबारमा ४.१ प्रतिशतले उकालो लागेको छ ।
अस्ट्रेलियाली सरकारले सात अर्ब अस्ट्रेलियन डलर (झन्डै चार अर्ब ६० करोड अमेरिकी डलर) बराबरको यो परियोजनाले निर्माण, प्रविधि, इन्जिनियरिङ तथा परिचालन क्षेत्र मिलाएर हजारौँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरेको छ । सरकारका अनुसार यो विशाल केन्द्रले नयाँ नवीकरणीय उर्जा स्रोत प्रयोग गर्नेछ र पिउने पानी प्रयोग नगरी चिस्याउन सकिने ‘नेक्स्ट जेनेरेसन’ सुविधा निर्माण गरिनेछ ।
अस्ट्रेलियाका अर्थमन्त्री जिम चाल्मर्सले यस परियोजनालाई देशको एआई क्षमताको ठोस प्रमाणका रूपमा प्रस्तुत गर्दै यो साझेदारीले गुणस्तरीय रोजगारी सिर्जना गर्ने, सीप अभिवृद्धि गराउने र अर्थतन्त्रभरि एआई प्रयोग विस्तार गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार अस्ट्रेलियामा उपलब्ध प्रतिभा, स्वच्छ उर्जा क्षमता, मजबुत व्यापारिक साझेदारी र सहायक नीतिकै कारण देश एआई क्षेत्रका ‘ठूला विजेतामध्ये एक’ बन्न सक्नेछ ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया