हुलास एल्युमिनियमको ढोका तथा झ्यालको नयाँ अनुभव केन्द्र ‘स्काइलाइन’ शुभारम्भ

काठमाडाैं । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘स्काइलाइन’ को आधिकारिक शोरूम तथा अनुभव केन्द्र काठमाडौंको माइतीघरमा सञ्चालनमा आएको छ।
नयाँ अनुभव केन्द्रको औपचारिक उद्घाटनसँगै तीन दिनसम्म (मंसिर १८ देखि २० गते) विशेष इभेन्ट आयोजना हुनेछ।
‘स्काइलाइन एक्सपिरियन्स सेन्टर’ लाई ग्राहकले उत्पादन छुने, हेर्ने र प्रत्यक्ष लक्जरी अनुभव गर्ने उद्देश्यले तयार गरिएको छ। ग्राहकले स्काइलाइनका प्रिमियम ढोका तथा झ्यालहरूको डिजाइन, प्रविधि र निर्माण गुणस्तर नजिकबाट बुझ्न सक्नेछन्।
हुलास एल्युमिनियमका अनुसार स्काइलाइन ब्रान्ड आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्मित भएको छ। उच्च टिकाउपन, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसङका कारण स्काइलाइनलाई कम्पनीले ‘भ्यालू फर मनी’ ब्रान्डको रूपमा प्रस्तुत गरेको छ। लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्यको सन्तुलन राखेको दाबी कम्पनीले गरेको छ।












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
प्रतिक्रिया