एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउने उद्देश्यले लकर सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने ग्राहकहरूको चाहनालाई पूरा गर्न त्यस्तो छुट योजना सार्वजनिक गरेको हो ।
निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको सो योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन् । बैंकले मुलुकभरका १५० वटा शाखाहरूमा ग्राहकहरूको आवश्यकताअनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ ।
बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।













माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया