एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट

काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउने उद्देश्यले लकर सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने ग्राहकहरूको चाहनालाई पूरा गर्न त्यस्तो छुट योजना सार्वजनिक गरेको हो ।
निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको सो योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन् । बैंकले मुलुकभरका १५० वटा शाखाहरूमा ग्राहकहरूको आवश्यकताअनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ ।
बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
















प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया