सोमबार, मंसिर २२, २०८२

आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल

मेरोन्यूज २०८२ मंसिर २२ गते ६:२८

काठमाडौं । आज २०८२ साल मंसिर २२ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर ८ तारिख। पुस कृष्ण पक्षको चतुर्थी तिथी। आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ।

मेष : अवसर प्राप्त भएतापनि कार्यक्षेत्रमा बाधा आउनेछ। सूचना बाहिरिनाले गोपनियता भंग होला सावधान रहनुहोस्। गृहणीहरूको गृहकार्यमा धेरै समय बित्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

वृष : शुभचिन्तकहरूको मनोभावलाई विचार गरेर व्यवहार गर्नुहोस्। आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मिथुन :प्रयत्न गर्दा आर्थिक पक्षमा सुधार आउनेछ। खर्चमा वृद्धि हुनेछ। कामकाजलाई लिएर आफन्तहरूबाट टाढा हुनुपर्ला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट :सेवामूलक कार्यले समाजमा नाम स्थापित गर्न सक्रिय भूमिका निभाउनेछ। नयाँ अवसरको खोजीमा सफलता मिल्नेछ। कानुनी पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

सिंह : लागतको मूल्यांकन नगरी कार्य गर्नुभयो भने समस्या निम्तिन सक्छ। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छालारोग सम्बन्धी पुरानो समस्या बल्झिनाले मन चिन्तित रहन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या : दैनिक आवश्यकताको पूर्ति हुनेछ। मेहनतको उपयुक्त प्रतिफल प्राप्त हुनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। श्रमको उचित मूल्यांकन प्राप्त हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ५ रहेको छ।

तुला : प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुर्नेछ। लगनशीलताले कीर्तिमान वा यश दिलाउन सक्छ। सरकारी कामकाजमा सकारात्मक प्रभाव बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक : धार्मिक वा सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। परोपकार र सहयोगको भावनाले धेरैको मन लोभ्याउन सकिनेछ। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अ्क ४ रहेको छ।

धनु :व्यपार व्यवसायमा पारदर्शिता राख्नुहोस्। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

मकर : दिगो काम थाल्ने समय रहेको छ। शत्रुहरू सक्रिय रहनेछन् झुठो आरोप लाग्न सक्छ सचेत रहनुहोस्। साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ : मेहनतीहरूको लागि उत्साहवर्धक समय रहनेछ। महत्वकांक्षी योजनाहरू प्रारम्भ हुनेछन्। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। द्वेष वा ईर्ष्या गर्नेहरू हार खानेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन :शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। करियरलाई लिएर नयाँ अवसरहरू प्राप्त हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।

प्रतिक्रिया