सोमबार, वैशाख १४, २०८३

हुण्डीमार्फत् ५७ लाख ४७ हजार कारोबार गर्ने एक जना पक्राउ

मेरोन्यूज २०८२ मंसिर २२ गते १८:५९

काठमाडौँ। नेपाल प्रहरीले हुण्डीमार्फत् रु ५७ लाखभन्दा कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौँ महानगरपालिका-१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुण्डीमार्फत् बढी रु ५७ लाख ४७ हजार ३५० रकम कारोबार गर्ने काभ्रेपलाञ्चोकको नमोबुद्धका ३४ वर्षीय सरोज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेका श्रेष्ठलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया