भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छाैं, कसैको धम्कीले डराउँदैनौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छन्।
भ्रष्टाचारविरुद्धको २२औं अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरुले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताएकी हुन्।
‘जेनजीका माग र अपेक्षा बमोजिमका आशातित उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्‘, प्रधानमन्त्री कार्कीले भनिन्।
उनले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरु नडराउने बताइन्। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरुलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरिन्।









सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको लडेर मृत्यु
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण हुँदा ६ सैनिकको मृत्यु
भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्छाैं, कसैको धम्कीले डराउँदैनौं : प्रधानमन्त्री कार्की
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
चलचित्र परानले गर्यो करिब १७ करोडको व्यापार, अरुको कति ?
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
प्रतिक्रिया