सशस्त्र प्रहरीद्वारा ठोरीमा ९१ किलोग्राम अबैधगाँजा बरामद
मेरोन्यूज
२०८२ मंसिर २६ गते ८:४१

वीरगञ्ज (पर्सा)। सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अबैध ९१ किलोग्राम गाँजा बिहीबार बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको टोलीले पर्साको ठोरीबाट भारततर्फ लैजाँदै गरेको सो परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं १३ गण पर्साका सूचना अधिकारी विश्वराज योञ्जनले नेपालतर्फबाट भारत लैजान खोज्दै गरेको १० प्लाष्टिकका पोकामा रहेको गाँजा बरामद गरेको जानकारी दिए ।
उनले बरामद भएको गाँजालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको जानकारी दिनुभयो । सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने चोरी तस्करी तथा लागुऔषध ओसारपसार कार्यलाई निस्तेज पार्ने अभियान तीव्र पार्दै आइरहेको जनाएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया