महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन् ।
आज यहाँ पार्टीको ११औँ महाधिवेशनका सन्दर्भमा आयोजित युवा भेला कार्यक्रममा उहाँले पार्टीमा नाम टाँसेर कमिटी बनाउने प्रवृत्ति हुर्किएकाले त्यसलाई विस्थापित गर्दै कार्यकर्ताबाटै नेता छान्ने प्रवृत्तिको विकास गर्न सक्नुपर्नेमा जोड दिए ।
उपाध्यक्ष पाण्डेले भने, “अबको महाधिवेशनबाट कमसेकम २० प्रतिशत युवासमेत केन्द्रीय कमिटीमा ल्याउन आफूहरूले लडाइँ गरिरहेका छौँ । युवालाई नेतृत्वमा सहभागी गराउनुपर्छ । युवाको शक्तिविना अब पार्टी राम्रोसँग चल्न सक्दैन । युवाको शक्तिबाट पाकाहरूको अनुभवसहितको शक्तिशाली पार्टी निर्माण गर्न आवश्यक छ ।”
उनले प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवाद (जबज) को मूल मान्यता रहेकासमेत जिकिर गरे ।
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया