युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)

काठमाडाैं । नेकपा (एमाले)को यहि शनिवारबाट ११ औं राष्ट्रिय महाधिवशेन हुँदैछ । यसपटकको महाधिवेशनको नेतृत्व चयन अलि फरक हुने देखिएकाे छ । जेनजी आन्दोलनको तीन महिनापछि हुन लागेको महाधिवेशनमा धेरै युवा नेता केन्द्रीय सदस्यको आकांक्षी रहेका छन् । पार्टी अब युवा नेताले चलाउने भन्दै धमाधम युवा नेताले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
अनेरास्ववियुबाट राजनीतिमा गरेर यसअघिको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य भएकी कमला वोहरा पनि यसपटक केन्द्रीय सदस्य बन्ने तयारीमा छिन् । उनै केन्द्रीय सदस्य दोस्रो पटक बन्न खोजेकी बोहरासंग गरिएको कुराकानी:
तपाईं फेरि केन्द्रीय सदस्यमा किन दोहरिन चाहनुहुन्छ ?
हो म यसपटक फेरि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु । म अघिल्लो १० औं महाधिवेशनको पनि केन्द्रीय सदस्य भएकोले यस पटक निरन्तरता दिनको लागि हो । मैले पहिलो कार्याकालमा सम्बोधन गर्न नसकेका युवाका मुद्दा बाँकी रहेकोले दोहरिन चाहन्छु ।
एमालेको यस महाधिवेशन नेतृत्व चयनको भनिएको छ । तर जेनजी आन्दोलनपछि मुलुक फेरि संक्रणकालिन अवस्थामा पुगेको बेला पार्टीको बिचार, नीति र सिद्वान्तमा छलफल आवश्यक छ कि छैन ?
पार्टीको बिचार, सिद्धान्त र नीति गत भदौमा सम्पन्न भएको दोस्रो विधिान महाधिवेशनले टुंग्याइसकेको छ । त्यसलगतै भएको जेनजी आन्दोलनबारे पनि पार्टीले असोज २९ देखि ३१ गतेसम्म केन्द्रीय बैठक राखेर सबै केन्द्रीय सदस्यलाई बोल्न दिइ जेनजी आन्दोलनबारे उठेका प्रश्नबारे छलफल गरिसकेको छ । अबको महाधिवेशन भनेको नेतृत्वको महाधिवेशन हो ।
एमाले जोगाउन कस्तो नेतृत्व आउनुपर्छ ?
मुलुकको राष्ट्रियता, स्वाभिमान र संविधानको रक्षाको लागि एमाले यो राष्ट्रको आवश्यक पार्टी हो । हालको विषम परिस्थितिलाई जोगाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व सग्लो र एकताबद्ध एमाले आजको आवश्यकता हो ।
पार्टीमा नेतृत्व हस्तान्तरण आवश्यकता कतिको देख्नुहुन्छ ?
यो समय नेतृत्व हस्तान्तरण भन्दा पनि चौतर्फी हमलाको डटेर सामना गर्दै दिशाहीन बनेको मुलुकको राजनीतिलाई सहि ट्रयाकमा ल्याउन अहिलेको मुल नेतृत्वलाई जोगाएर एमाले एकताबद्ध र मजबुद बनाउने हो ।
तपाईंप्रति प्रतिनिधिको कस्तो समानुभूति रहेको पाउनु भएको छ ?
१० औं महाधिवेशनमा म ४० बर्ष मुनिको कान्छी केन्द्रीय सदस्य थिएँ । एमाले जस्तो गौरवशाली इतिहास बोकेको पार्टी र नेतृत्वबाट धेरै कुराहरु सिक्ने र बुझ्ने अवसर पाएकी छुँ । देशै भरका नेता, प्रतिनिधि साथी र कार्यकर्ता माया,साथ र हौसला पाएकी छुँ ।
एमाले पार्टीमा तपाईं जस्ता युवा नेताको किन आवश्यक छ ?
हालको नेतृत्व आफैमा एउटा विश्वविद्यालय हो । हामीले उहाँको विगतको इतिहास संघर्ष र बलिदानीबाट यो लोकतान्त्रिक ब्यवस्था पाएका हौँ । र भोलि एमालेको सिंगो जिम्मेवारी हाम्रो काँधमा हुनेछ । हामी पार्टी र देशको भविष्य हो । हालको जेनजी आन्दोलनले परिवर्तनको माग त गर्यो तर युवामा राजीतिक सिद्धान्त अनुशासन र संयमताको कमिले गर्दा अराजकता र अकर्मण्यता बढ्यो मुलुक दिशाहीन अशान्त र बाह्य मुलुकको नजरमा अझ कमजोर देखिँदै छ ।
एमालेको युवा नेतृत्व अनुशासन राजनीतिक ज्ञान र लामो समयदेखि स्कुलबाट नै संघर्षमा खारिदै, संकटलाई सहज ब्यवस्थापन गर्दै आइरहेका छन् । ति युवालाई पार्टीले समेटन सक्ने हो भने पार्टी मुलुकको युवा जनशक्तिको आईडल बन्न सक्ने छ ।
अनुशासित क्रियाशिल र कर्तब्यनिष्ठ युवा नेताहरु एमालेको भविष्यको रुपमा स्थापित हुनुपर्छ भन्ने मान्यता सहित हामी युवाहरुको यसपटक केन्द्रीय कमिटीमा सशक्त दावी रहने छ ।
अहिले एमालेको ११ औं राष्ट्रिय महाधिवेशन भइरहँदा मुलुकको राजनीतिक अवस्था र युवालाई एमालेमा सशक्त स्थापित गर्ने मान्यतासहित १० प्रतिशत अनिवार्य गराएको छ । यो उपस्थितिले एमालेमा पुस्तान्तरणको गराउने छ ।
जेनजी आन्दोलनले उठाएका कुरा अब तपाईं फेरि केन्द्रीय सदस्य भएपछि कसरी उठाउनुहुन्छ ?
देशमै बढ्दो बेरोजगारी, भ्रष्टाचार नेपोटीजम र सुशासन जस्ता मागहरु हामीले विद्यार्थी आन्दोलनमार्फत लामो समयदेखि उठाएका साझा मागहरु हुन् । धेरै हदसम्म यिनको सम्बोधन भएको पनि थियो । मुलुक विकासको गतिमा उक्लन खोज्दै थियो । विश्वविद्यालयदेखि अस्पताल विकेन्द्रिकृत हँदै थिए । राज्यले भौतिक निर्माणमा फड्को मार्न खोज्दै थियो । पेट्रोलियम खानीदेखि मिथेन ग्याँस हुँदै फलाम खानीहरु उत्खनन्को अवस्थामा पुग्दै थिए जसले देशको आर्थिक अवस्थामा कायापलट मात्रै होइन नेपाललाई अर्कै युगमा प्रवेश गराउँथ्यो । जुन कुरा शक्ति राष्ट्रहरुको दाँतमा ढुंगा लागे जत्तिकै थियो । नेपालको भलो नचाहने विभिन्न शक्तिको योजनामा जेनजी आन्दोलन भयो । यो असाध्यै दुर्भाग्य हो ।
जेनजीका जायज मागलाई हामी अझै परिस्कृत गर्ने नै छौं र साथै डिजिटल दुनियाँमा चलाइएको ब्रेनवास युद्धलाई नेपाली युवाले बुझ्ने गरि अबको दिनमा मिडिया आधिकारिकता र सभ्य समाज अनुशासित युवा निर्माणमा एमालेले आगामी रणनीति तयार गर्नेछ । जुन मुलुकका समग्र युवा र देशको हितमा हुनेछ । हो तिनै कुराहरु पुरा गर्नका लागि म फेरि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछु र सबैको सहयोगले बिजय पनि हुनेछु ।















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया