एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
मेरोन्यूज
२०८२ मंसिर २७ गते १६:३६

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन्।
शनिबार एमालेकाे ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुलुकको स्वाधीनताको रक्षा गर्नको लागि कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताए।
उनले भने, ‘हामीले कम्युनिस्ट एकताको प्रयास गरेका पनि हौँ। तर हामीले त्यसलाई निरन्तरता दिन सकेनौँ, त्यसलाई निरन्तरता दिन नसकेपनि त्यसबाट शिक्षा लिएर आगामी दिनमा फेरि कम्युनिस्टहरूबीचको एकताको विकल्प छैन।’
गुरुङले मुलुकको लोकतन्त्र र राष्ट्रियताको रक्षाको लागि वामपन्थीहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताए।
सम्बन्धित
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया