कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस

तानसेन (पाल्पा) । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
पाल्पा क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ सन्दीप राना र समानुपातिकतर्फ कृष्णप्रसाद अधिकारीलाई सिफारिस गरिएको क्षेत्रीय सभापति झमनबहादुर मगरले जानकारी दिए । क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि वीरबहादुर राना, हिमालदत्त श्रेष्ठ, मीना पन्थी, कृष्णप्रसाद बस्याल र महेश्वरी कुँवर सिफारिस भएका छन्।
यसैगरी, समानुपातिकतर्फ राजनप्रसाद पन्त, सुनिता अधिकारी, वसन्ती घिमिरे र जमिला मियाँ सिफारिस हुनुभएको छ । राष्ट्रियसभाका लागि १० जनाको नाम सिफारिस भएको छ ।
पार्टीले हरिप्रसाद नेपाल, महेन्द्र पाण्डे, विधान श्रेष्ठ, यमलाल तिमिल्सिना, माधव नेपाल, देवराज ढकाल, दानबहादुर पछाई, शोभा शाक्य, शुक्रराज भण्डारी र अम्बिका पौडेललाई सिफारिस गरेको सभापति मगरले बताए ।









कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन
बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
प्रतिक्रिया