पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत

काठमाडौं । नेकपा एमालेले पार्टी कमिटीलाई पहिलेकै संरचनामा फर्काएको छ । आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटीको बैठकले पुरानै विधान कायम गरेर ११ औं महाधिवेशनमा जाने निर्णय गरेको हो।
केन्द्रीय कमिटीले एक जना अध्यक्ष, ५ जना उपाध्यक्ष, १ महासचिव, उपमहासचिव ३, सचिव ९ जना रहने व्यवस्था गर्ने निर्णय गरेको छ। यद्यपि अब वरिष्ठ उपाध्यक्ष पद भने राखिएकाे छैन ।
साथै पोलिटब्युरोको एक तिहाइ संख्याको स्थायी कमिटी, पोलिटब्युरो ९९ सदस्यीय बनाउने निर्णय भएको छ भने केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ।
बैठकमा ओलीले उक्त विधान संशोधनको प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको हो ।
यसअघि भदौमा सम्पन्न भएको विधान महाधिवेशनले अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव एक, उपमहासचिव ३ र सचिव सातसहित १५ सदस्य रहेको पदाधिकारी बनाउनेगरि विधान संशोधन गरेको थियो । यस्तै २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरिएको थियो ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया