अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा दिएका छन् ।
एमालेको एघारौं महाधिवेशनमा पौडेलले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट उनले खुला सदस्यमा दर्ता गराएका हुन् ।
म्याग्दीका पौडेल जुझारू युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशि पौडेलले ७ मतले पराजित भएका थिए ।
अनेरास्ववियुको महाधिवेशनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सुजन कडरियालाई घोषणा गरिएको थियो । पौडेलले चुनौती दिँदै मैदानमा उत्रिएका थिए ।
अनेरास्ववियुको स्कुल कमिटीदेखी क्याम्पस जिल्ला प्रदेश हुँदै केन्द्रीय सचिव र प्रबक्ता जिम्मेवारी निभाएका पौडेल
धौलागिरी अञ्चलमा केपी वलिको विद्यार्थीको विचार समुह स्थापित गरेका थिए ।
११ औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमा जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू जोडदार रूपमा उठाउने बताएका छन् ।
















ट्रम्पको चीन भ्रमणले इरान नीति प्रभावित
बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियाे २९० रनको लक्ष्य
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
चितवन अटो शो मा फोटोन नेपालको विशेष कमर्शियल मोबिलिटी अफर
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया