सोमबार, मंसिर २९, २०८२

अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

मेरोन्यूज २०८२ मंसिर २९ गते १७:१३

काठमाडौं । नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनमा प्रकाश पौडेलले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा दिएका छन् ।

एमालेको एघारौं महाधिवेशनमा पौडेलले केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराएका हुन् । गण्डकी प्रदेशतर्फ युवा क्लस्टरबाट उनले खुला सदस्यमा दर्ता गराएका हुन् ।

म्याग्दीका पौडेल जुझारू युवाका रूपमा चिनिन्छन् । गत जेठमा सम्पन्न अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशि पौडेलले ७ मतले पराजित भएका थिए ।

अनेरास्ववियुको महाधिवेशनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार सुजन कडरियालाई घोषणा गरिएको थियो । पौडेलले चुनौती दिँदै मैदानमा उत्रिएका थिए ।

अनेरास्ववियुको स्कुल कमिटीदेखी क्याम्पस जिल्ला प्रदेश हुँदै केन्द्रीय सचिव र प्रबक्ता जिम्मेवारी निभाएका पौडेल
धौलागिरी अञ्चलमा केपी वलिको विद्यार्थीको विचार समुह स्थापित गरेका थिए ।

११ औँ राष्ट्रिय महाधिवेशनबाट एमाले केन्द्रीय सदस्यमा निर्वाचित भएमा जेनजी पुस्ताले उठाएका माग र मुद्दाहरू जोडदार रूपमा उठाउने बताएका छन् ।

प्रतिक्रिया