सोमबार, पुष २८, २०८२

प्रधानमन्त्रीसँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने

मेरोन्यूज २०८२ पुष २ गते २०:४०

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगका पदाधिकारीले भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आज भएको भेटका क्रममा आयोगका पदाधिकारीले एक महिना आयोगको म्याद थप गर्न आग्रह गरेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिन लागिएको बताएका छन् ।

मन्त्रिपरिषद्को असोज ५ को निर्णयअनुसार गत भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया